२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

देवचुलीका अतिआवश्यक खाद्यान्न पसल बिहान ३ घण्टा मात्र खोल्न पाइने

२०७८ बैशाख २४, शुक्रबार प्रकाशित ( साल अघि) १७४० पाठक संख्या

देवचुली २४, वैशाख । देवचुली नगरपालिका क्षेत्र भित्र रहेका अत्यावस्यक खाद्यान्न तथा दुग्धजन्य पसल विहान ७ बजे देखि १० बजे सम्म खोल्न पाउने भएका छन ।

उद्योग बाणिज्य संघको अफिसियल फेसबुक मार्फत उपभोक्ता र व्यववशायिलाई अत्यावस्यक खाद्यान्न पसल ३ घण्टा मात्र संञ्चालन गर्न पाउने भनि जानकारी गराएको छ ।

पसल खुल्ने निश्चीत समय नतोकिएको र खाद्यान्न सामाग्रि खरिद गर्न समस्या भएको जनगुनासो बढे पछि देवचुली उद्योग वाणिज्य संघले सामाजिक संञ्जाल मार्फत जानकारी गराएको छ ।

उद्योग बाणिज्य संघले आफ्नो फेसबुकमा यस्तो जानकारी गराएको छ । “ कोभिड–१९ महामारी पुन व्यापक रुपमा फैलिरहेको देवचुली नगरपालिकाले पनि महशुस गरेको छ । उक्त कोभिड–१९ विरुद्ध जनचेतना व्यापक रुपमा फैलाई सकेसम्म आफूपनि कतै नजाने र सकेसम्म अरुलाई पनि आउन नदिने र म बाहेक सवै संक्रमित छन् भन्ने धारणाको बिकास गर्ने ।

सम्पूर्ण उद्योगी,व्यवसायीहरुले मिति २०७८ बैशाख २२ गतेदेखि जेठ ४ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय भएको र यो समयमा अति आवश्यक औषधी,खाद्यान्य,दुग्धजन्य बाहेकका अरु सम्पूर्ण नगरक्षेत्रभित्र सार्वजनिक तथा निजि सावरी, ब्युटि पार्लर, सैलुन, होटल ब्यवसाय, पानिपुरी चटपट लगाएतका व्यवसायहरु वन्द गरि नेपाल सरकारलेले गरेको कोभिड–१९ विरुद्धको यो कार्यक्रममा हामि सम्पूर्ण उद्योगी,व्यवसायीहरुले साथ दिनु पर्दछ ।

अति आवश्यक खाद्य,दुग्धजन्य पसलहरु बिहान ७ वजेवाट १० वजे सम्म खोल्न पाईनेछ । कोभिड–१९ विरुद्ध सम्पूर्ण नेपाली नागरिक एकजुट भएर अगाडि वढौँ” ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%४%१%

प्रतिक्रिया दिनुहोस