२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

देउवाको नेतृत्वमा सरकार बन्नु पर्नेमा नेता गगन थापाको जोड

२०७७ फागुन २९, शनिबार प्रकाशित ( साल अघि) १४७५ पाठक संख्या

सन्जय भट्टराई/कावासोती । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य गगन कुमार थापाले जसपाको नेतृत्वमा सरकार गठन हुने कुरा हल्ला मात्रै भएको भन्दै नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार चाडै बन्ने बताएका छन । शनिबार पुर्वी नवलपरासीको हर्कपुरमा फाईन्ट प्रिन्ट फिभरको घुम्ती साहित्ययिक कार्यक्रममा आईपुगेका थापाले पत्रकार सँग कुराकानी गर्दै यस्तो बताएका हुन ।

पत्रकारहरु सँग कुराकानी गर्दै थापाले भने “हाम्रो एउटै कुरा सरकारबाट केपि ओलिलाई बिस्थापित गर्नु हो, त्यसपछि हामी काङ्ग्रेस नेतृत्वमा सरकार गठनको प्रक्रियालाई अगाडी बढाउछौ । अन्य दलको या जसपाको नेतृत्वमा सरकार बनाउने कुरा हल्ला मात्रै हुन । ”

केपि ओलिको कारणले संविधान र सिङ्गो व्यवस्थामा अविश्वास पैदा हुन लागेको बताउदै थापाले केपि ओलि नेतृत्वको सरकारलाई बिदाई गर्नु अहिलेको आवश्यकता भएको बताएका छ्न ।

पत्रकार सँग कुराकानी गर्दै थापाले रामचन्द्र पौडेल, शंशाक कोइराला र कृष्णप्रसाद सिटौला मिलेर देउवालाई संसदीय दलको नेताबाट हटाउने हल्ला मात्रै भएको बताउदै देउवा नेतृत्वको सरकारनै अहिलेको संकटको समाधान रहेको बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस