२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

दुम्कौली प्राथमिक स्वास्थ्यकेन्द्रमा आकस्मिक र प्रसुती बाहेकका सेवा बन्द

२०७७ भाद्र १३, शनिबार प्रकाशित ( साल अघि) १२२७ पाठक संख्या

कावासोती । स्वास्थ्य केन्द्रमा कार्यरत महिला कर्मचारीमा कोरोना संक्रमण देखिए पछि देवचुलीको दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीको आकस्मिक र प्रसुती बाहेका सबै सेवा बन्द गरिएको देवचुली नगरपालिकाले जनाएको छ ।नगर प्रवक्ता क्या डिलबहादुर खत्री द्वारा जारी विज्ञप्तिमा सो कुरा जनाईएको छ ।

स्वास्थ्य केन्द्रमा कार्यरत ४५ वर्षीय महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हुँदा स्वास्थ्यकेन्द्रलाई निर्मलिकरण गरि स्वास्थ्य केन्द्रमा कार्यरत सम्पुर्णको पिसिआर परिक्षण गरेर रिपोर्ट प्राप्त नहुदा सम्म आकस्मिक र प्रसुती बाहेकका सम्पूर्ण सेवा बन्द रहने कुरा विज्ञप्तिमा जनाईएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस