२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

दुम्कौली अस्पतालमा अक्सिजन सहितको ५ शैय्याको आइसोलेसन शुरु

२०७८ बैशाख २२, बुधबार प्रकाशित ( साल अघि) १८६६ पाठक संख्या

कावासोती । देवचुली नगरपालिकामा कोरोना संक्रमितका लागि अक्सिजन सहितको ५ शैय्याको आइसोलेसन शुरु गरिएको छ ।

मंगलबार विपत्त व्यवस्थापन समितिको बैठक बसि निर्णय गरिएपछि देवचुली नगरपालिका वडा नं ३ दुम्कौली अस्पतालमा अक्सिजन सहितको ५ शैय्याको आइसोलेसन शुरु गरिएको हो l

आइसोलेसनमा ४ जना डाक्टर, ४ जना नर्स, ४ जना पारामेडिकल र सहयोगी राखि २४ घण्टा संक्रमितको सेवामा राखिएको देवचुली नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

दुम्कौली अस्पतालमा ठाउँ सानो भएकाले ५ शैय्या भन्दा बढि राख्न नमिल्ने भएकाले ५ शैय्या केही दिनमा व्यवस्थापन गर्ने श्रेष्ठले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस