२०८१ बैशाख ११, मंगलबार
नयाँ
पछिला अपडेट

दिल्लीमा सप्ताहन्तमा कर्फ्यू’ लगाउने घोषणा

२०७८ बैशाख २, बिहिबार प्रकाशित ( साल अघि) २६१९ पाठक संख्या

एजेन्सी । कोरोना संक्रमण बढेपछि दिल्ली सरकारले ‘विकेन्ड कर्फ्यू’ लगाउने घोषणा गरेको छ । विकेन्ड कर्फ्यू शुक्रबार राति १० बजेदेखि सोमबार बिहान ६ बजेसम्म लागू हुनेछ ।

५ हप्तामा दिल्लीमा कोरोना संक्रमितको संख्या २५ गुणाले बढेपछि केजरीवालले यो निर्णय लिएका हुन् ।

११ मार्चदेखि १७ मार्चसम्म यहाँ २९९५ संक्रमित फेला परेका थिए । ८ अप्रिलदेखि १४ अप्रिलमा यो संख्या बढेर ७६ हजार ८७० पुगेको थियो ।

यो सिजन विवाहको सिजन भएकाले विवाह समारोहमा सहभागी हुनका लागि ई–पासको व्यवस्था गरिने भएको छ । नयाँ नियमअनुसार मल, जिम, स्पा, अडिटोरियम, बजार र निजी अफिस बन्द रहनेछन् ।

सिनेमा हल ३० प्रतिशत दर्शक राख्ने गरी खुला गरिनेछ । रेस्टुरेन्टमा बसेर खान पाइनेछैन, होम डेलिभरी भने गर्न पाइनेछ । हरेक म्युनिसफल जोनमा हरेक दिन एउटा साप्ताहिक बजार खोज्ने अनुमति दिइएको छ ।

बुधबार दिल्लीमा १७ हजार २८२ संक्रमित फेला परेका थिए । यही अवधिमा ९ हजार ९५२ जना निको भएका छन् भने १०४ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म दिल्लीमा ७ लाख ६७ हजार संक्रमित बनेका छन् । यसमध्ये ७ लाख ५ हजार निको भएका छन् भने ११ हजार ५४० जनाको मृत्यु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस