२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

दाङमा बस दुर्घटना, ४२ जना घाइते

२०७९ आश्विन १५, शनिबार प्रकाशित ( साल अघि) ५२० पाठक संख्या

काठमाडौं । दाङमा बस दुर्घटना हुँदा ४२ जना घाइते भएका छन् ।घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १८४५ नम्बरको बसको ब्रेक फेल भएर दुर्घटनामा भएको प्रहरीले बताएको छ । शनिवार दिउँसो ३ बजेतिर बस दुर्घटना भएको हो ।

घोराही उपमहानगरपालिका–३ चौपट्टाको ओरालोमा बसको ब्रेक फेल भएपछि ड्राइभरले बस भित्ता ठोक्काएको देखिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन गौतमले लोकान्तरलाई बताए ।

गौतमका अनुसार, बस चालकको घुँडाभन्दा तल गम्भीर चोट लागेको छ । अर्को एक जनाको टाउकोमा गम्भीर चोट लागेको कारण नेपालगञ्ज रिफर गरिएको छ ।

गाडीको च्यापेको कारण चालकको खुट्टामा ठूलो चोट छ । लमही नगरपालिका–८ बस्ने २६ वर्षका दीपककुमार चौधरीलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ’, गौतमले भने, ‘अन्य घाइतेहरुको भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।’

गाडीको ब्रेक फेल भएपछि चालक आफैँले गाडीलाई भित्तामा ठोक्काउँदा पल्टिएको घाइतेहरूले प्रहरीलाई बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस