२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

दाउन्ने बजारबाट लागु औषध सहित २ जना पक्राउ

२०७८ जेष्ठ २२, शनिबार प्रकाशित ( साल अघि) १८६२ पाठक संख्या

कावासोती ।  जिल्लाको दाउन्नेबाट लागुऔषधसहित दुईजना पक्राउ परेका छन्।

बिहीबार दिउँसो साढे १२ बजे विनयी त्रिवेणी गाउँपालिका वडा नं. २ दाउन्ने बजारस्थित पुर्व पश्चिम राजमार्गमा मोटरसाइकलमा आएका दुईजनालाई चेक जाच गर्ने क्रममा लागु औषध भेटिएको प्रहरीले जनाएको छ ।

पश्चिम बाट पुर्व जादै गरेको ना ५२ प ९४५८ नम्बरको मोटरसाइकलमा चालक देवचुली ३ बस्ने २५ बर्षिय सुदिप पौडेल र सवार २५ बर्षिय आकाश थापाको शरिरबाट लागु औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पुर्वका प्रहरी नायव उपरिक्षक दिलीप कुमार गिरीले जानकारी दिए ।

उनीहरुबाट नुर्फिन ७० एम्पुल, फेनारगन ७० एम्पुल, डाईजापाम ७० एम्पुल, सिरिन्ज ८ वटा र नाईट्राभेट १० लेखिएको ३०० ट्यावलेट फेला पारी उक्त लागु औषध बरामद गरी लागु औषध मुद्दामा अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%२%१%

प्रतिक्रिया दिनुहोस