२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

दाउन्ने दुर्घटना: ३१ यात्रु घाइते, ४ जनाको अवस्था गम्भीर, ६ जनाको भरतपुर अस्पतालमा उपचार हुँदै

२०७९ श्रावण ११, बुधबार प्रकाशित ( साल अघि) ५०५ पाठक संख्या

कावासोती । नवलपुरको दाउन्नेमा बस पल्टिँदा आगालगी भएको छ। दुर्घटनामा ३१ जना घाइते भएका छन्।

कञ्चनपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ५१०० नम्बरको बस सडकमा छेउमा पल्टिएएको हो। बस पल्टिँदा आगो लागेको नवलपुर प्रहरी प्रमुख  डिएसपी सन्तोष पाठकले बताए।

उनका अनुसार दुर्घटनामा ३१ याुत्र सवार घाइते भएका छन्। उनीहरुमध्ये चारको अवस्था गम्भीर रहेको डीएसपी पाठकले बताए।

घाइतेमध्ये ६ जनालाई चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। भने अन्य यात्रुको मध्यबिन्दु अस्पतालमा उपचार गरिरहेको उनले जानकारी दिए।

बस चालक भने भागेका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। बस अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीको प्रारम्भिक अनुमान छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस