२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

दलदलेमा कुरियर सेवा संचालन

२०७७ कार्तिक ५, बुधबार प्रकाशित ( साल अघि) १९३१ पाठक संख्या

देवचुली, कार्तिक ५ ।  देवचुलीको दलदलेमा कुरियर र कार्गाे सेवा सोमबारबाट संचालनमा आएको छ ।  कुरियर कुमारी बैंकको तल्लो तलामा सेवा सन्चालन भईरहेको छ ।

रकेट अन्तरास्ट्रिय कुरियर र कार्गो सेवाको नाम बाट सोमबार देवचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठले कुरियरको उद्धाटन गर्नुभएको थियो । देवचुलीका नगरवासीलाई सामान कुरियर गर्नको लागि टाढा  जानुपर्ने बाध्यता अब हटेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

यस क्षेत्रमा देखिएको कुरियर सेवाको समस्यालाई मध्य नजर गर्दै कृस भुर्तेलले उक्त सेवा संचालनमा ल्याएको  बताउनुभयो ।

उक्त सेवा शुभारम्भ कार्यक्रममा देवचुली नगरपालिकाका प्रवक्ता क्यापटेन डिल बहादुर खत्री, प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष खिमानन्द भुसाल लगायतको उपस्थिती रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस