२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

ड्राइभिङ लाइसेन्समा वर्ग थप गर्न चाहनेको अनलाइन आवेदन; कहिलेबाट खुल्छ ?

२०७९ जेष्ठ २९, आईतबार प्रकाशित ( साल अघि) ९०८ पाठक संख्या

नवलपुर । नयाँ सवारी चालक अनुमतिपत्रको लागि अनलाइन आवेदन खुले पनि पहिले नै एक प्रकारको लाइसेन्स लिइसकेकाहरूका लागि वर्ग थप गर्ने आवेदन भने खुल्न सकेको छैन ।

नयाँ लाइसेन्सका लागि अनलाइन आवेदन खुलेको एक हप्तामा वर्ग थपको लागि आवेदन खुल्ने भनिए पनि कार्यान्वयनमा भने आउन नसकेको हो ।

यातायात व्यवस्था विभागका प्रवक्ता इश्वरिदत्त पनेरुले वर्ग थप अथवा चलाइरहेको सवारी भन्दा अन्य वर्गको सवारीको अनुमति पत्र लिनको लागि आवश्यक तयारी पूरा भइ नसकेको बताए । “यसले गर्दा वर्ग थप गर्न चाहनेहरूका लागि अनलाइन आवेदन खुल्न ढिलाई भएको हो,” उनले भने ।

 

विभागले यसअघि २२ जेठ अर्थात हिजो सोमबारदेखि वर्ग थपको अनलाइन आवेदन खुल्ने जनाएको थियो । प्राविधिक तयारी नसकिएका कारण आवेदन खुलाउन नसकिएको पनेरुको भनाई छ ।

 

“पुराना विवरणहरू नयाँ प्रणालीमा स्थानान्तरण गर्ने क्रममा समस्या आइरहेको छ,” उनले टेकपानासँगको कुराकानीमा भने, “जसले गर्दा वर्ग थपको अनलाइन आवेदन भर्न अझै केही समय कुर्नुपर्नेछ ।”

 

प्राविधिक समस्या समाधान भएर कहिलेबाट वर्ग थपको अनलाइन आवेदन खुल्छ भन्ने कुरा अझै यकिन गर्न नसकिने प्रवक्ता पनेरुले बताए ।

 

दुई पाङ्ग्रे सवारी चालक अनुमतिपत्र पाएकाले पाङ्ग्रे हलुका सवारी वा हलुका सवारी चालक अनुमतिपत्र भएकाले ठूलो सवारी चालकको अनुमति पत्र लिनु परेको खण्डमा वर्ग थपको आवेदन दिनुपर्ने हुन्छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस