२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

ट्राफिकले थाल्यो गाडीको अनुगमन

२०७८ बैशाख ९, बिहिबार प्रकाशित ( साल अघि) २०६१ पाठक संख्या

काठमाडौं । प्रहरीको निगरानी कमजोर भइरहेको जनगुनासोका बीच आजदेखि भने महानगरीय ट्राफिक प्रहरीले यातायातका साधनले मापदण्ड पालना गरे÷नगरेको विषयमा अनुगमन शुरु गरेको छ । उसले उपत्यकाका विभिन्न २० स्थानमा टोली परिचालन गरी अनुगमन थालेको हो । आदेश पालनामा बेवास्ता गरेको पाइए सङ्क्रामक ऐन २०२० अनुसार कारवाही गरिने महाशाखाले जनाएको छ ।

काठमाडौँ प्रशासनले सवारी साधन सञ्चालन गर्दा चालक र सहचालकलाई मास्क तथा भाइजर अनिवार्य रुपमा लगाउन भनेको छ । सवारी साधनलाई दैनिक निसङ्क्रमित गर्न, कुनै पनि यात्रुले मास्क नलगाइ आएमा बढीमा रु १० लिई उपलब्ध गराउन र मास्क नलगाउने व्यक्तिलाई सवारीमा प्रवेश निशेष गर्न तथा सवारी साधनको ढोकामा र भित्र सेनिटाइजरको व्यवस्था मिलाउन प्रशासनले अनुरोध गरेको छ ।

लामो दूरीमा चल्ने सार्वजनिक यातायातका साधनले बीच बाटोमा यात्रु चढाउन नपाउने तथा यात्रुको विवरण जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र काठमाडौँलाई उपलब्ध गराउनुपर्ने गरी विशेष सूचना जारी गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली बताउँछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%२%१%१%

प्रतिक्रिया दिनुहोस