२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

जैविक विविधता संरक्षणका लागी युवाहरु लाई तालिम

२०७५ पौष २, सोमबार प्रकाशित ( साल अघि) १०९१ पाठक संख्या


कावासोती, पुस २ नवलपुरको कावासोती नगरपालिका–१३ स्थित जटायु रेष्टुरेन्टमा तिन दिने ‘चरा पहिचान तथा जैविक विविधता संरक्षण सम्बन्धी तालिम’ सम्पन्न भएको छ । नेपाल पंक्षी संरक्षण संघको आर्थिक सहयोग र जटायु रेष्टुरेन्टको आयोजनामा भइरहेको सो तालिममा विभिन्न सामुदायिक वनका वन हेरालु एवंम युवाहरुको सहभागिता रहेको थियो।

वन्यजन्तु तथा चरा बिज्ञ कृष्ण भुषालले मध्यवर्ती क्षेत्र वरिपरिका सामुदायिक वनका वन हेरालु तथा युवाहरूलाई चरा पहिचान तथा जैविक विविधता अनुगमनमबारे क्षमता अभिबृद्धि गर्न तालिम आयोजना गरिएको जानकारी दिनु भयो ।

जटायु रेष्टुरेण्टका प्रमुख डिबि चौधरीको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा वन्यजन्तु तथा चरा बिज्ञहरु बिनयी मिश्र, कृष्ण भुषाल लगायतले प्रकृतिमा कसरी घुलमिल हुने, चरा कसरी चिन्ने यिनको बासस्थान, संरक्षण आदि बिषयमा रहेर तालिम दिनुभएको र तालिम उपयोगी साबित हुने संरक्षण अभियान्ता एल-एन दवाडीले बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस