२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

जिल्ला प्रशासन कार्यालय नवलपुरको निर्देशनः होली पर्व घरमै बसेर मनाउने

२०७७ चैत्र १३, शुक्रबार प्रकाशित ( साल अघि) १६३१ पाठक संख्या

कावासोती । कोरोनाको दोस्रो लहरको त्रास बढे सँगै नवलपुर  जिल्ला प्रशासन कार्यालयले होलि पर्व घरमै बसेर मनाउन आग्रह गरेको हो ।

बुधबार एक सुचना जारी गर्दै जिल्ला प्रसासन कार्यालयले होलि पर्व घरमै बसेर मनाउन आग्रह गर्दै भिड भाड हुने सभा, सम्मेलन, र्‍याली, लगाएतका कार्यक्रम नगर्न अनुरोध गरेको हो ।

त्यस्तै जिल्ला प्रसासन कार्यालयले माक्सको नियमित प्रयोग गर्न, भौतिक दुरि कायम गर्न , नियमित रुपमा हात धुन वा सेनिटाईजरको प्रयोग गर्दै स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनी द्वारा हस्ताक्षरित सूचनामा यस्तो आग्रह गरिएको हो ।

जिल्ला कोभिड व्यवस्थापन र रोकथाम तथा नियन्त्रणसम्बन्धी काम प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले गर्छ । पुर्वी नवलपरासी भारतको सिमा सँग जोडिएको हुँदा पनि कोरोनाको दोस्रो लहरको त्रास जिल्लामा बढि रहेको विज्ञहरु बताउछ्न ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस