२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

जित हासिल गर्दै “२८ विगाहा युथ क्लब” नकआउट चरणमा प्रवेश

२०७९ कार्तिक २२, मंगलबार प्रकाशित ( साल अघि) १३१८ पाठक संख्या

काठमाडौं । २८ विगाहा युथ क्लब समूह विजेता बन्दै शहिद स्मारक ‘सी’ डिभिजन लिग छनौटको दोश्रो चरणमा प्रवेश गरेको छ ।

ललिपुरको सातदोबाटोस्थित एन्फाको खेल मैदानमा भएको खेलमा २८ बिगाहाले आफ्नो पहिलो खेलमा वेस्ट काठमाण्डौ फुटबल कल्बलाई २-० गोल अन्तरले दोस्रो खेलमा सन्तोष एफ सी लाई ४-१ गोल अन्तरले साथै समुह चरणको अन्तिम खेलमा मेहेलकुना एफसी, सुर्खेतलाई ३-० गोल अन्तरको पराजित गर्दै समूह विजेता बनेको हो ।

IMG 20221108 WA0007

छनौटमा २८ बिगाहाले लगातार तेस्रो जित हासिल गरेको हो । समूह चरणको तीन खेलबाट ९ अंक जोड्दै २८ बिगाहा समूह ‘टी’ को शिर्ष स्थानमा रहदै नकआउट चरण प्रवेश गरेको छ।

नकआउट चरणको पहिलो खेल यही कार्तिक २५ गते ललितपुर स्थित सातदोबाटो एन्फा खेलमैदानमा २:३० बजे नेपालगन्ज ११ र २८ बिगाहा युवा कल्ब बीच हुर्दैछ।

IMG 20221108 WA0002

एन्फाले यस वर्षको सी डिभिजन लिग छनौटमा सहभागि हुने ६२ क्लबलाई २० समूहमा विभाजन गरेको छ । जसअन्तर्गत प्रत्येक समूहमा ३ क्लब परेका छन्।

मंसिर १ गतेसम्म संचालन हुने छनौट प्रतियोगितामा हरेक समूहको विजेता क्लब नकआउट चरणमा प्रवेश गर्ने छन् ।

नकआउट चरणलाई पनि २ समूहमा विभाजन गरिएको छ । नकआउट चरणपछि दुई समूहका विजेता क्लब ‘सी’ डिभिजन लिगमा छनोट हुनेछन् ।

IMG 20221108 WA0009

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%१%२%

प्रतिक्रिया दिनुहोस