२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

जनता माध्यमिक विद्यालय इटौरामा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान जारी 

२०७९ बैशाख ३०, शुक्रबार प्रकाशित ( साल अघि) ७७२ पाठक संख्या

चोरमारा । निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत तीनवटा प्रदेशका ३४ जिल्लाका २८३ स्थानीय तहको निर्वाचनका लागि आइतबार बिहान ७ बजेबाट शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान कार्य सुरु भएको जनाएको छ ।

20220513_083809_compress29

आज २८३ वटा स्थानीय निकायका लागि मतदान गर्ने कार्यक्रम रहे पनि दुईवटा स्थानीय तहमा यसअघि नै निर्विरोध निर्वाचित भइसकेकाले २८१ स्थानीय निकायमा मात्रै मतदान हुँदैछ ।

 

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र , निर्वाचनका लागि खटिएका मुख्य निर्वाचन अधिकृत, आयोगबाट खटिएका अनुगमनकर्ताले आयोगलाई दिएको जानकारीअनुसार मतदान कार्य उत्साहजनक रुपमा सुरु भएको छ । ज्येष्ठ नागरिक, महिला, अशक्तहरुसमेत बिहानैबाट मतदान कार्यमा उत्साहपूर्वक सहभागी हुनुभएको छ ।

20220513_083746_compress47

त्यस्तैगरी, मध्यविन्दु नगरपालिका वाड नम्बर ३ मा  कुल २ हजार  ३ सय ७५ मातदाता रहेको जनता माध्यमिक विद्यालय इटौराको मतदान केन्द्रमा बिहान १० बजेसम्म २ सय ८५ मत खसिसकेको मतदान अधिकृत बिजय ढकालले जानकारी दिनुभयो ।

20220513_083133_compress73

नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र नभएकाले आफ्ना परिचय खुल्ने नेपाली नागरिकता, जग्गाधनी प्रमाण पूर्जा, सवारी चालक अनुमति पत्रसमेत सक्कलै साथमा लिई मतदानस्थलमा आउन यसअघि नै आयोगले अपिल गरिसकेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%२%१%१%

प्रतिक्रिया दिनुहोस