२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

जङ्गली हात्तीको आक्रमणबाट किशोरको मृत्यु

२०७७ चैत्र ४, बुधबार प्रकाशित ( साल अघि) ३४३२ पाठक संख्या

जङ्गली हात्तीको आक्रमणबाट आज बिहान घाइते भएका एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा इलाम देउमाई नगरपालिका–१० ढोडेनी बस्ने १९ वर्षीय कृतिमान खाती छन् ।  उनी आज बिहान बुद्धशान्ति गाउँपालिका– २ मा हात्तीको आक्रमणमा परी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते खातीलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएकामा  उपचार सम्भव नभएकाले भद्रपुरस्थित मेची अस्पतालमा सिफारिश गरिएको थियो । मेची अस्पतालमै उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए ।                                                उनीसँगै अर्जुनधारा नगरपालिका–१ सिस्ने बस्ने १९ वर्षीय मिलन कार्की डोली पनि घाइते भएका थिए । उनको सामान्यावस्था रहेको र बुधबारेस्थित लिभिङ होम पोलिक्लिनिकमा उपचार भइरहेको छ । उनीहरु दुवै ट्याक्टर मजदूर हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस