२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

चोरिएका मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

२०७७ चैत्र २, सोमबार प्रकाशित ( साल अघि) १७७७ पाठक संख्या

सञ्जय भट्टराई, कावासोती । नवलपुर प्रहरीले सुरु गरेको सडक सुरक्षा जाँच प्रभावकारी बन्दै गएको छ । सडकमा सवारी साधन चेक जाँच गरिने प्रहरीको यो नियमित कामले भने यति बेला प्रशंसा बटुल्न थालेको छ । नियमित चेक जाँचको क्रममा भन्सार छलेर ल्याइएका सामान, लागू औषध बरामद गर्ने गरेको प्रहरीले पछिल्लो एक महिनाको अवधिमा २२ वटा चोरीको मोटरसाइकल बरामद गरेर सम्बन्धित धनीलाई बुझाएको छ

जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलीपकुमार गिरीका अनुसार सडक सुरक्षा जाँच अन्तर्गत विभिन्न स्थानबाट समातेर  २२ जना मोटरसाइकल धनीलाई उनीहरूको मोटरसाइकल हस्तान्तरण गरिएको हो ।

नवलपुरमा चोरीका मोटरसाइकलका कारणले दुर्घटना बढ्दै गए पछि प्रहरीले जिल्लाका विभिन्न स्थानमा चेक जाँचलाई तीव्रता दिए सँगै हराएका मोटरसाइकल समातिन थालेको डिएसपी गिरीले बताए । जिल्लाको पहाडी क्षेत्रको रुद्रपुर, विनयी त्रिवेणीको सर्दी, मध्य विन्दु नगरपालिकाको तल्लो क्षेत्रमा चोरीका मोटरसाइकल धेरै मात्रामा फेला पर्ने गरेको डिएसपी गिरीले बताए । पक्राउ परेका मोटरसाइकलहरू धेरै रुपन्देही , कपिलवस्तु ,पश्चिम नवलपरासी र चितवन आसपासका रहेका गिरीले बताए .

आइतबार जिल्ला प्रहरी कार्यालय परिसरमा प्रहरीको प्रयास पछि मोटरसाइकल फिर्ता पाए पछि कोही खुसी त कोही दङ्ग देखिन्थे । करिब एक वर्ष अगाडी भरतपुरको पार्किङबाट पल्सर २२० सिसिको मोटरसाइकल हराएपछि भेटाउँछु भन्ने आशा नै नगरेका भरतपुर-१२ सन्तोष अर्यालले प्रहरीले मोटरसाइकल लिन बोलाए पछि तत्काल आफूलाई विश्वास नै नलागेको बताए ।

मोटरसाइकल बुझे पछि खुसी भएका अर्यालले प्रहरी एक वर्ष पछि भए पनि मोटरसाइकल खोजेर दिँदा प्रहरीप्रति थप विश्वास जागेको बताए । त्यस्तै पश्चिम नवलपरासी बर्दघाट नगरपालिका वडा नं १० का अशोक सापकोटा करिब ४ महिना अगाडी हराएको आफ्नो मोटरसाइकल फेला पर्दा दङ्ग देखिन्थे । मोटरसाइकल बुझे पछि सापकोटाले प्रहरीलाई धन्यवाद दिँदै भने “प्रहरीले गर्ने हो सक्ने रहेछ, प्रहरी प्रति झनै विश्वास बढेको छ ।”

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस