२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

चोरमारा कोल्हुवा सडकखण्ड मर्मत गरिदै

२०७९ जेष्ठ २३, सोमबार प्रकाशित ( साल अघि) १८११ पाठक संख्या

चोरमारा । मध्यविन्दु नगरपालिकाले ग्रामिण भेगका सडकहरुलाई मर्मत गर्न थालेको छ ।  नगरपालिका भित्र बिग्रीएका सडकहरु आज देखि मर्मतका लागि काम सुरु गरेको हो ।

स्थानीयलाई आवतजावतमा समस्या भएपछि नगरपालिका क्षेत्र भित्रका सडक मर्मतको कार्यलाई तिब्रता दिईएको नगरपालिकाले जनाएको छ ।

वर्षामा विग्रीएका सडकहरु झनै बिग्रिने भएपछि आन्तरिक सडक मर्मत सुधार गरेर नागरिकलाई सहज सेवा दिने उद्देश्यका साथ सडक मर्मत गर्न लागेको वडा अध्यक्ष रामभक्त अधिकारीले बताउनुभयो । चोरमारा कोल्हुवा सडकखण्डमा खाल्टाखुल्टी धेरै भएपछी ग्राभेल खसालिएको हो ।

20220606_101552_copy_1011x466

जनप्रतिनिधिहरुले चुनावमा मात्र नागरिकलाई सहज सेवा दिने प्रतिबद्धता दिने गरेको गुनासो आम नागरिकबाट आउन थालेपछि जनप्रतिनिधिहरु अहिले सडक मर्मतमा केन्द्रीत भएको बताइएको छ । वडा अध्यक्ष अधिकारी स्वयं आफै सडक मर्मतमा खटिनु भएको थियो । उक्त काम प्रभावकारी रुपमा सम्पन्न गर्नका लागि स्थानीय वडाका जनप्रतिनिधीको प्रत्यक्ष निगरानीमा काम भएको छ ।

20220606_101244_copy_972x448

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१२%४%१%

प्रतिक्रिया दिनुहोस