२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

चोरमारामा अक्सिजनको व्यवस्थासहित आइसोलेसन स्थापना

२०७८ बैशाख २२, बुधबार प्रकाशित ( साल अघि) १९९५ पाठक संख्या

चोरमारा । नवलपुरको मध्यबिन्दु नगरपालिकाले अक्सिजन सहित आइसोलेसन स्थापना गरेको छ ।

दिनदिनै कोरोना संक्रमतिको संख्या बढ्दै गएपछि वडा नम्बर ७ मा रहेको चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रमा २० बेडको अक्सिजन सहित आइसोलेसन स्थापना गरिने भएको हो ।

अक्सिजन सहितको आइसोलेसन तयार परिएको नगरपालिकाले जनाएको छ ।

हाललाई ७ बेडको व्यवस्था गरिएको र आवश्यकता अनुसार थप व्यवस्थापन गरिने उपप्रमुख ओमकुमारी महतोले बताउनुभयो ।

आइसोलेसनमा बस्ने कोभिड १९ का बिरामीका लागि चोरमारा प्राथमिक स्वास्थ्य केन्द्र र नगरपालिकाको स्वास्थ्य शाखाबाट २४ सै घण्टा चिकित्सक सहितका स्वास्थ्यकर्मीले रेखदेख गर्ने व्यवस्था गरिएको छ ।

यस्तै नगरपालिकाले बुधबारदेखि नगरका संक्रमितहरुको लागि निःशुल्क दुई वटा एम्बुलेन्स सञ्चालनमा ल्याएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
९%१०%

प्रतिक्रिया दिनुहोस