२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

चितवन राष्ट्रिय निकुञ्जमा घाँसेमैदान निर्माण

२०७९ चैत्र २, बिहिबार प्रकाशित ( साल अघि) ४५६ पाठक संख्या

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जभित्र जंगली जनावरका लागि घाँसे मैदान निर्माण र व्यवस्थापनको काम तीव्ररूपमा भइरहेको छ ।

चालू आर्थिक वर्ष २०७९/८० मा ५० हेक्टर क्षेत्रफलमा नयाँ घासेमैदान निर्माण गरिएको छ भने १२५ हेक्टर क्षेत्रफलमा व्यवस्थापनको काम सम्पन्न भएको छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार अझै १०० हेक्टर क्षेत्रफलमा घाँसेमैदान व्यवस्थापनको काम भइरहेको छ । नयाँ निर्माणका लागि २५ लाख रुपैयाँ खर्च भएको उनले बताए । घाँसेमैदान व्यवस्थापनका लागि ३३ लाख ७५ हजार रुपैयाँ बजेटमा काम भइरहेको छ ।

निकुञ्जले यस वर्ष ५ लाख रुपैयाँको लागतमा ५ वटा पोखरी समेत मर्मत गरिएको उनले जानकारी दिए ।

वन्यजन्तुको वासस्थान व्यवस्थापनका लागि घाँसेमैदान व्यवस्थापनको काम गरिएको तिवारीले जानकारी दिए । उनले भने, ‘घाँसे मैदान व्यवस्थापनले वन्यजन्तुको वासस्थान व्यवस्थापनमा सहज हुने भएकाले हरेक वर्ष घासेमैदान र सिमसार क्षेत्र व्यवस्थापनको काम गर्दै आएका छौं ।’

घाँसे मैदान व्यवस्थापनले आहारा प्रजातिका जनावरको संख्यामा वृद्धि गर्न सहयोग पुग्ने उनले बताए । निकुञ्जभित्र घाँसेमैदान व्यस्थापनले वन्यजन्तु आहारको खोजीमा बस्ती पस्न रोकिने भएकाले मानव र वन्यजन्तुबीचको द्वन्द्वसमेत कम हुँदै जानेछ । घाँसेमैदान व्यवस्थापन नगर्दा मिचाहा प्रजातिका झार र हड्डीका कारण वन्यजन्तुको आहारा कम हुने गरेको उनले बताए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस