२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

चितवनमा ११ महिनामा बाघको आक्रमणबाट १५ जनाको मृत्यु

२०७९ जेष्ठ २७, शुक्रबार प्रकाशित ( साल अघि) ६४० पाठक संख्या

नवलपुर । मानव बस्तीमा पसेर मान्छेलाई आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको छ । चितवन राष्ट्रिय निकुञ्जको प्राविधिकसहितको टोलीले सो बाघ आज नियन्त्रणमा लिएको हो ।

उक्त बाघले आज बिहान ६ बजे तरकारी टिप्न खेतमा जाने क्रममा राप्ती नगरपालिका वडा नं. १ का ४३ वर्षीय इन्द्रबहादुर थिङ (वाईबा) लाई आक्रमण गरी घाइते बनाएको थियो । सोही क्षेत्रबाट बाघलाई ‘डार्ट’ गरेर नियन्त्रणमा लिइएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । उनकाअनुसार बस्ती नजिकको झाडीबाट बाघलाई नियन्त्रणमा लिइएको हो ।

उक्त बाघलाई निकुञ्जको सौराहा क्षेत्रमा रहेको खोरमा राखिने छ । सो भाले बाघको उमेर भने खुलेको छैन । यस अघि नियन्त्रणमा लिइएका दुई वटा बाघ कसरास्थित खोरमा राखिएको छ । चितवनमा पछिल्लो समय बाघको आक्रमण बढेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गएको ११ महिनामा बाघको आक्रमणबाट १५ जनाको मृत्यु भएको छ । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस