२०८१ बैशाख ४, मंगलबार
नयाँ
पछिला अपडेट

चितवनमा नवलपुरका कोरोना संक्रमित पुरुषको मृत्यु

२०७८ बैशाख ११, शनिबार प्रकाशित ( साल अघि) २३५७ पाठक संख्या

कावासोती । चितवनमा थप एक कोरोना कोभिड १९ सङक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत नवलपुरको मध्यबिन्दु ८ नम्बर वडाका ४२ वर्षीय एक पुरुषको आज कोरोनाको कारणले निधन भएको हो ।

मेडिकल कलेजले आज प्रेषित गरेको विज्ञप्ति अनुसारगत वैशाख ९ गते ज्वरो , खोकी र श्वासप्रश्वासमा समस्यामा भई उपचारको लागि मेडिकल कलेज भर्ना भएका ती पुरुषलाई वैशाख १० गते कोरोना पुष्टि भएको जनाइएको छ ।

उहाँको अवस्था जटिल बन्दै गएपछि अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीले अथक प्रयास गर्दा पनि निज कोरोना संक्रमित बिरामीलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%६%१%

प्रतिक्रिया दिनुहोस