२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

चितवनमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा,१ जनाको मृत्यु

२०७८ फागुन २, सोमबार प्रकाशित ( साल अघि) १०९२ पाठक संख्या

चितवन । चितवनमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।

चितवन ट्राफिक प्रहरी कार्यालयका अनुसार मुग्लिनबाट नारायणगढ आउँदै गरेको ना ७ ख ८१४१ नम्बरको तेल बोक्ने ट्याङकरले नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ३२ प ८२४८ नम्बरको मोटरसाइकललाई जलबिरेमा ठक्कर दिँदा भरतपुर महानगरपालिका–१८ की ३१ वर्षीय अम्बिसा गुरुङको ज्यान गएको हो ।

उनको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा मृतक गुरुङको ९ वर्षीय छोरी र श्रीमान् घाइते भएका छन् । उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जनाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस