२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

चितवनमा ट्याक्टरबाट खसेर एकको मृत्यु

२०७७ चैत्र १९, बिहिबार प्रकाशित ( साल अघि) ९०२ पाठक संख्या

चितवनको राप्ती नगरपालिका-८ थ्रीग्रुपस्थित सडकमा ना.६ त ९४३१ नम्बरको ट्याक्टरबाट लडेर सोही नगरपालिका-९ बस्ने गोरखा घर भएका २७ वर्षीय बुद्ध गुरुङको बिहीबार बिहान मृत्यु भएको छ ।

लडेर गम्भीर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस