२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

चितवनमा घाँटिमा हड्डी अड्किएर एक पुरुषको मृत्यु

२०७९ आश्विन १८, मंगलबार प्रकाशित ( साल अघि) ३९५ पाठक संख्या

चितवन – दसैंमा मासु खाने क्रममा हड्डी अड्किएर चितवनमा एक पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कालिका नगरपालिका ८ गैरीबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्रीको रहेका छन् । सोमबार अष्टमीको दिन साँझ ७:३० बजे मासु खाने क्रममा उनको घाँटीमा हड्डी अड्किएको थियो ।

हड्डी अड्किएका उनलाई सोमबार नै राति ८: १५ बजे उपचारका लागि कलेज अफ मेडिकल साइन्सेस पुरानो मेडिकल कलेज ल्याईएको थियो । अस्पताल ल्याउने वित्तिकै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस