२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

चितवनमा खैरो हिरोइन सहित १ युवक पक्राउ

२०७८ बैशाख २१, मंगलबार प्रकाशित ( साल अघि) १३८१ पाठक संख्या

चितवन । चितवनमा लागु औषध सहित एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पूर्वी चितवनकै राप्ती नगरपालिका–८ वीरेन्द्रनगर बस्ने ३२ वर्षीय सुजन तामाङ रहेका छन् ।

लागु औषध खैरो हिरोइनको कारोबार भइरहेको सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो ।

चेकजाँच गर्न खोज्दा भाग्न खोजेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । साथै उनको साथबाट प्रहरीले नगद रु ३२ हजारसमेत बरामद गर्न सफल भएको छ ।

तामाङलाई इलाका प्रहरी कार्यालय खैरहनीमा राखी आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस