२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

चितवनका २ जना गैँडाकोटमा लागुुऔषध सहित पक्राउ

२०७७ भाद्र ११, बिहिबार प्रकाशित ( साल अघि) १०३२ पाठक संख्या

गैँडाकोट । ईलाका प्रहरी कार्यालय गैँडाकोटले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका ९ बस्ने बर्ष २३ का सुवाश श्रेष्ठ र भरतपुर महानगरपालिका वडा नं.२ का २६वर्षीय ध्रुव श्रेष्ठ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले दिएको जानकारी अनुसार बुधबार (आज) गैँडाकोट नगरपालिका वडा नम्बर २ मा हिडिरहेका उनिहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथबाट लागूऔषध बरामद भएको हो ।

उनीहरुको साथबाट २ एम्पुल नुफ्रिन, २ एम्पुल फेनरागन र २ एम्पुल डाईजोपाम गरि ६ एम्पुल लागूऔषध बरामद गरिएको छ । थप अनुसन्धानको क्रममा लुकाएको अवस्थामा ६६ एम्पुल लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरुका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस