२०८१ बैशाख १२, बुधबार
नयाँ
पछिला अपडेट

चितवनका नदी तथा खोलाहरुमा पानीको बहाब बढ्ने

२०७९ श्रावण १५, आईतबार प्रकाशित ( साल अघि) ७२२ पाठक संख्या

चितवन । चितवनसहित देशका बिभिन्न स्थानमा आज (आइतबार) बिहानैबाट वर्षा भइरहेको छ । वर्षाका कारण आज चितवनका नदीहरुमा पानीको वहाव बढन सक्ने अनुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज चितवनसहित नवलपुर, तनहुँ, कास्की, ईलाम, झापा संखुवासभा, उदयपुर, सिन्धुली, दार्चुला आसपास भई बहने नदीहरुमा पानीको वहाव बढ्नेछ । केही नदीमा आकस्मिक वहाव समेत हुन सक्ने महाशाखाको पूर्वानुमान छ । नारायणी नदीमा भने पानीको वहाव सामान्य बढ्न सक्ने महाशाखाले जनाएको छ ।

आज बिहान गरिएको मापन अनुसार नारायणीसहित कोशी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुको वहाव सतर्कता तह भन्दा तल नै रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस