२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

चार लाख रुपैयाँ घुस लिँदै गर्दा वडा सचिव पक्राउ

२०७७ चैत्र ५, बिहिबार प्रकाशित ( साल अघि) १३१२ पाठक संख्या

काठमाडौं ।

महानगरपालिका वडा नं ३० का वडा सचिव (अधिकृत छैठौं तह) भरत कुमार पोखरेललाई घुस लिँदै गर्दा पक्राउ गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले पोखरेललाई सेवाग्राहीबाट चार लाख रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरिएको हो ।

निर्माण कार्य सम्पन्न पश्चात बिल भुक्तानी दिएवापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरेललाई निजकै कार्यालयबाट पक्राउ गरेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस