२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

ग्लोवलको शाखा रहित वैंकिङ सेवा हर्वासटारमा खुल्यो

२०७५ पौष १०, मंगलबार प्रकाशित ( साल अघि) ९९५ पाठक संख्या

पुस, १०, कावासोती । ग्लोवल आइएमइ वैंकको शाखा रहित वैंकिङ सेवा नवलपुरको मध्यविन्दु नगरपालिका १५ हर्वासटारमा सञ्चालनमा आएको छ । ग्रामिण क्षेत्रका जनतालाइ बैंंकिङ सुविधा दिने उद्धेश्यले ग्लोवल आइएमइ वैंकको १ सय १३ औ शाखा हर्वासटारमा आज उद्घाटन गरिएको हो । शाखाको मध्यविन्दु नगरपालिका उपप्रमुख ओमकुमारी महत्तो र ग्लोवल आइएमइ वैंक कावासोती शाखा प्रमुख केशव प्रसाद ओलीले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो ।

शाखा रहित वैंकिङ सेवाको उद्घाटन गर्दै मध्यविन्दु नगरपालिका उपप्रमुख महत्तोले गाउ गाउमा वैंकिङ सुविधा उपलव्ध हुनु खुशिको कुरा भएको भन्दै वैंक प्रति आभार व्यक्त गर्नु भएको थियो । त्यसैगरी कार्यक्रममा मध्यविन्दु नगरपालिका वडा नम्वर १५ का वडा अध्यक्ष जोगवाहादुर महत्तोले नगरपालिकाको सवै भन्दा धेरै जनसंख्या भएको वडा भएर पनि वैंकिङ सेवा सुविधा नहुदा स्थानिय जताले दुख भोगिरहेको अवस्थामा ग्लोवल आइएमई वैंकले आफ्नो सेवा विस्तार गरेपछि सहज हुने विश्वास व्यक्त गर्नु भयो ।

शाखा रहित वैंकले सम्पुर्ण आधारभुत वैंकिङ सेवा सुविधा प्रदान गर्ने ग्लोवल आइएमई वैंक कावासोती शाखाका प्रमुख केशव प्रसाद ओलिले वताउनु भयो । कार्यक्रममा मध्यविन्दु उधोगवाणिज्य सघका अध्यक्ष केदार पराजुलि , नवलुर उधोग वाणिज्य सघ का निवर्तमान अध्यक्ष ओम प्रसाद पौडेल लगाएतकाले वोल्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस