२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

गैडाकोटबाट ८ जना जुवाडे पक्राउ

२०७७ चैत्र १०, मंगलबार प्रकाशित ( साल अघि) ११२५ पाठक संख्या

नवलपुर १० चैत्र । नवलपुरको गैंडाकोट नगरपालिका-१ मौलाकालिका गेट नजिकै होटल ग्रिन फोरेस्टमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३६ वर्षीय नवराज क्षेत्री लगायत ८ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख २५ हजार ५ रुपैयाँ, १ हजार ६ सय १० भारतीय रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस