२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

गैंडाकोट र मध्यबिन्दुमा थप ३ जनामा कोरोना पुष्टि

२०७७ भाद्र ११, बिहिबार प्रकाशित ( साल अघि) १०२५ पाठक संख्या
भदौ, कावासोती । नवलपरासी (बर्दघाट सुस्ता पुर्व)मा थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परिक्षणमा जिल्लाको मध्यबिन्दु नगरपालिकामा २ जना र गैंडाकोट नगरपालिकामा १ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

संक्रमणहुनेहरुमा मध्यबिन्दु नगरपालिका १० अरुणखोलाका ४० र ५० बर्षका दुईजना पुरुष र गैंडाकोट ५ का एकजना पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पुर्वका प्रमुख केशव चापागाईंले जानकारी दिए ।
संक्रमण मध्ये मध्यबिन्दु नगरपालिकाका २ जना स्थानिय बासिन्दा रहेको खुलेको छ यस्तै गैंडाकोटको संक्रमित बारे उनको विवरण खोजि भइरहेको गैंडाकोट स्वास्थ्य शाखाले जनाएको छ । यो सँगै नवलपरासी पुर्वमा कोरोना भाइरस संक्रमितको संख्या ४ सय १४ पुगेको छ भने निको हुनेको संख्या ३ सय ३८ रहेको छ ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस