२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

गैंडाकोटमा १ सय ४७ पिसिआर स्वाव संकलन,रिपोर्ट आज आउने

२०७८ जेष्ठ ११, मंगलबार प्रकाशित ( साल अघि) ११११ पाठक संख्या

गैंडाकोट । गैंडाकोट नगरपालिकामा १ सय ४७ जनाको पिसिआर स्वाव संकलन गरिएको थियो ।

गैंडाकोट वडा नम्बर ६ देखि ९ सम्म १ सय ४७ स्वाव संकलन गरिएको गैंडाकोट नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार संकलन गरिएको स्वावको रिपोर्ट मंगलबार (आज ) साँझ सम्म आउने बताउनुभयो ।

यस्तै पिसिआरका लागी नाम टिपाएका ४१ जना उपस्थित नभएको पनि पौडेलले जानकारी दिनुभएको छ।
नवलपुरमा फैलिएको दोस्रो लहरको कोभिडबाट अहिलेसम्म ११ सय ६ जना निको भएका छन् । गैँडाकोटमा ३४४ जना सक्रिय संक्रमित रहेको तथ्याङ्क छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस