२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

गैंडाकोटको एसपीएम कलेजमा नेविसंघको प्यानल विजयी

२०७९ चैत्र २, बिहिबार प्रकाशित ( साल अघि) ३६८ पाठक संख्या

कावासोती । गैंडाकोटमा रहेको एसपीएम कलेजको स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनमा नेविसंघको प्यानल निर्वाचित भएको छ ।

निर्वाचन संयोजक शिवजी अधिकारीका अनुसार स्ववियु निर्वाचनमा नेविसंघका उम्मेदवारको मात्र उम्मेदवारी परेकाले निर्विरोध भएको बताए ।

११ सदस्य रहेको स्ववियुमा नेविसंघका तर्फबाट मात्र उम्मेदवारी परेका कारण निर्विरोध घोषणा गरिएको अधिकारीले सुनाए ।

अधिकारीका अनुसार स्ववियु सभापतिमा विज्ञान न्यौपानेसहित ११ जनाको कार्यसमिति चयन भएको छ । त्यहाँ १ सय ६९ जना विद्यार्थी मतदाता छन् ।

प्रजातन्त्र सेनानी दिवंगत सूर्यभक्त अधिकारी र उनकी पत्नी पतानादेवी अधिकारीको स्मृतिमा उनका छोराहरुले स्थापना गरेको कलेज हो, एसपीएम कलेज । यहाँ स्नातकसम्म अध्ययन, अध्यापन हुँदै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस