२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

गैँडाकोट नगरपालिकाको बजेट ८० करोड ५९ लाख ५३ हजार

२०७८ अषाढ १०, बिहिबार प्रकाशित ( साल अघि) १३४५ पाठक संख्या

गैँडाकोट । गैँडाकोट नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र उपप्रमुख विष्णुकुमारी कंडेलले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्नुभएको छ ।

योजना तथा कार्यक्रमको कार्यान्वयनका लागि गैँडाकोट नगर उपप्रमुख विष्णुकुमारी कंडेलले ८० करोड ५९ लाख ५३ हजार बराबरको बजेट सार्वजनिक गर्नुभएको छ । आर्थिक वर्ष २०७८÷७९ का लागि प्रस्तुत बजेटमा २६ करोड ४६ लाख बराबरको पुँजीगत खर्च रहेको छ भने ५४ करोड १३ लाख ५० हजार चालु खर्च रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस