२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

गैँडाकोटमा १८ करोडको बजेटमा नगरअस्पताल निर्माणको काम सुरु

२०७८ अषाढ ३, बिहिबार प्रकाशित ( साल अघि) १८६० पाठक संख्या

गैँडाकोट । गैँडाकोट नगर अस्पतालको आधुनिक भवन निर्माणको काम सुरु भएको छ ।

पुरानो क्वाटर भत्काएर अहिले प्रारम्भिक चरणको निर्माण कार्य शुरु भएको अस्पतालका प्रमुख इन्द्रराज शर्माले जानकारी दिनुभयो ।

आधुनिक सेवा सुबिधा सहितको नगर अस्पताल आगामी २ बर्ष तोकिएकै समय सिमामा निर्माण सम्पन्न हुने गरि काम गरिने शर्माले बताउनु भयो ।

१५ वेडको नगर अस्पताल छनौट भई सरकारद्धारा भौतिक संरचनाको भवन निर्माणका लागि १८ करोड बजेट विनियोजन भएको थियो । गत फागुन २७ गते अस्पतालमा आकस्मिक कक्षको नगरप्रमुख छत्रराज पौडेलद्धारा उद्घाटन गरी सेवा दिन थालिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस