२०८१ बैशाख ४, मंगलबार
नयाँ
पछिला अपडेट

गैँडाकोटमा कोरोना संक्रमित बढ्दै : आजमात्रै २१ जना थप

२०७८ बैशाख २०, सोमबार प्रकाशित ( साल अघि) १८४५ पाठक संख्या

गैँडाकोट । नवलपुरको गैँडाकोटमा सोमबार थप २१ जनामा कोरोना संक्रमण भएको छ ।

चितवन मेडिकल कलेज र भरतपुर अस्पतालमा गरिएको स्वाब परिक्षणमा २१ जनामा कारोना संक्रमण पुष्टि भएको हो।

चितवन मेडिकल कलेजका अनुसार गैँडाकोट नगरपालिका वडा नं. १,२,४,५,८,११ र १६ नम्बर वडाका १० जनामा कोरोना पोजेटिभ देखिएको छ ।

त्यसैगरी भरतपुर अस्पतालले गैडाकोट नगरपालिका वडा नं. १,२,४,५,८,१६ र १८ का ११ जनामा कोरोना पोजेटिभ देखिएको पुष्टि गरेको छ ।

अति प्रभावित जिल्ला चितवनसँग जोडिएको नवलपुरको गैँडाकोटको आवतजावत बढिहुँदा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दो क्रममा छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस