२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

गैँडाकोटमा काँग्रेसले खाता खोल्यो, प्यानल नै विजयी

२०७९ बैशाख ३१, शनिबार प्रकाशित ( साल अघि) १२५१ पाठक संख्या

गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नम्बर १८ को मतगणना सकिएको छ । गैँडाकोट १८ को वडा अध्यक्ष पदमा पुनः नेपाली काँग्रेसका उम्मेदवार तिलबहादुर चितौरे विजयी हुनुभएको छ ।

यहाँ नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ । महिला सदस्यमा पुनः टेकमाया सोती, दलित महिला सदस्यमा तारामाया विश्वकर्मा, खुल्ला सदस्यमा कर्णबहादुर माकिम मगर र चमबहादुर सुनारी विजयी हुनुभएको छ ।

विजयी भएको औपचारिक घोषणा हुन बाँकी रहेको छ । यहाँबाट वडा अध्यक्षमा नेकपा एमालेको समर्थनमा मंगोल नेशनल अर्गनाईजेसनबाट चुमान सिंह चितौरे मगर प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%२%

प्रतिक्रिया दिनुहोस