२०८१ बैशाख ४, मंगलबार
नयाँ
पछिला अपडेट

गैँडाकोटमा एक कोरोना संक्रमित पुरुषको मृत्यु

२०७८ बैशाख २२, बुधबार प्रकाशित ( साल अघि) ११०६ पाठक संख्या

वैशाख २२, गैँडाकोट । गैँडाकोटका उपचाररत कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ।

चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा गैँडाकोट ११ का ५८ बर्षीय पुरुषको आज निधन भएको गैँडाकोट नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो ।

उनलाई ६ दिन अघिमात्र भारतबाट नेपाल ल्याईएको थियो । भारतिय आर्मीबाट रिटायर्ड उनि पुनः कामको सिलसिलामा सोही ठाउँमा गएका थिए ।

भारतमा नै रहँदा कोभिड संक्रमण उनलाई ६ दिन अघि नेपाल ल्याईएको थियो । १७ गते भारतबाट ल्याईएका उनलाई मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको थियो।

१९ गते चितवन मेडिकल कलेजमा भर्ना गरिएका उनको बुधबार विहान ६ बजेतिर निधन भएको गैँडाकोट ११ का वडा अध्यक्ष गोविन्दप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

भारतबाट ल्याउने क्रममा उनको अक्सिजनको मात्रा ५८ मापन गरिएको जनाईएको छ। भरतपुरमा ९२ सम्म पुगेपनि उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

उनको बुधबार नै दाहसंस्कार गरिएको छ । परिवारजनको उपस्थितिमा नेपाली सेनाले भरतपुरमा नै दाहसंस्कार गरिएको हो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%४%

प्रतिक्रिया दिनुहोस