२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

गैँडाकोटमा आजदेखि बन्दमा कडाई, प्रहरीको निगरानी उच्च

२०७८ जेष्ठ ४, मंगलबार प्रकाशित ( साल अघि) १९९४ पाठक संख्या

गैँडाकोट । कोरोना संक्रमणको दर बढ्दै गएपछि गैडाकोट नगरपालिकाले आजदेखि निषेधाज्ञामा थप कडाई गरेको छ । अत्यावश्यक सेवा बाहेक अन्य सबैसेवाहरु संचालन नर्गन आग्रह गरेपछि गैडाकोट सुनसान देखिएको छ ।
नगरको विपत व्यवस्थापन समितिको बैठकले जेष्ठ १० गतेसम्मका लागि बन्दको निर्णय गरेको हो ।
निशोधाज्ञालाई प्रभावकारी बनाउन प्रहरीले निगरानी बढाएको छ । विगतको निषेधाज्ञामा सटरभित्रबाट समान दिने गरेको भएपछि आजदेखिको निषेधाज्ञालाई प्रभावकारी बनाईने प्रहरीले जनाएको छ । दुध, फलफुल र औषधि पसल बाहेक अरु सबै व्यवसायहरु बन्द रहने छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस