२०८१ बैशाख ११, मंगलबार
नयाँ
पछिला अपडेट

गृह जिल्ला आएका मुख्यमन्त्री नेपालीलाई भव्य स्वागत

२०७८ श्रावण ४, सोमबार प्रकाशित ( साल अघि) ११२७ पाठक संख्या

कावासोती । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बनेपछी पहिलो पटक गृह जिल्ला आएका छन । दुई दिनको व्यस्त कार्यतालिका सहित जिल्ला आएका मुख्यमन्त्री नेपाली जिल्लामा पार्टीका नेता तथा कार्यकर्ता, स्थानीय तहका जनप्रतिनिधिहरु तथा सरकारी कार्यालयका प्रमुखहरु तथा आम सर्वसाधारण सँगको भेटघाटमा व्यस्त छ्न ।

आईतबार बिहानै जिल्ला आईपुगेका मुख्यमन्त्री नेपालीले गैंडाकोट , देवचुली र कावासोतीमा कार्यकर्ताहरुले भव्य स्वागत गरेका थिए। गैंडाकोटमा नवलपुर क्षेत्र नं १ क को काङ्ग्रेसको प्रदेश क्षेत्रीय समितिले आयोजना गरेको कार्यक्रम नेपालीले विभिन्न पार्टीबाट काङ्ग्रेस प्रवेश गरेका २८० जनालाई काङ्ग्रेसमा स्वागत गरेका थिए । त्यस्तै जिल्लाको देवचुली र कावासोतीमा कार्यकर्ता भेलालाई नेपालीले सम्बोधन गरेका थिए ।

कावासोतीमा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यकर्ता भेलामा मुख्यमन्त्री नेपालीलाई अभिनन्दन गरिएको थियो।

मुख्यमन्त्री नेपालीले देवचुलीको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयमा पुगेर चिकित्सालयको विकासमा प्रदेश सरकारको पुर्ण सहयोग रहने बताएका छ्न ।

त्यस्तै मुख्यमन्त्री नेपालीले जिल्ला स्थिति सरकारी कार्यालयका प्रमुखहरु सँगको सामुहिक भेटमा जिल्लाको वस्तुस्थितिको बारेमा बुझ्दै नागरिकलाई प्रदान गरिने सेवाहरुलाई सहज बनाउन निर्देशन दिएका छ्न । त्यसै गरि मुख्यमन्त्री नेपालीले जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुख तथा पालिका प्रमुखहरु सँग पनि भेटघाट गरेका छ्न । मुख्यमन्त्री नेपालीले आइतबार गठबन्धनका जिल्ला स्थित नेता तथा कार्यकर्ताहरु सँग पनि भेटघाट गरेका हुन ।

जिल्लामा आयोजना गरिएका कार्यक्रमहरुमा बोल्दै मुख्यमन्त्री नेपालीले आफुलाई मुख्यमन्त्री बनाउन योगदान गर्ने नवलपुर बासीलाई बधाई दिदै जिल्लाको विकासमा आफू र आफ्नो सरकारको तर्फबाट पुर्ण सहयोग रहने बताएका छ्न । जिल्लाको समग्र विकासमा आफू सदैव लागेको र आगामी दिनमा पनि लाग्ने मुख्यमन्त्री नेपालीले बताएका छ्न ।

मुख्यमन्त्री नेपालीले सोमबार जिल्लाको क्षेत्र नं २ का पालिकाहरुमा भेटघाट तथा नारायणी नदि कटान क्षेत्र र बाढी पहिरो ग्रस्त क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको नेपालीको सचिवालयले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस