२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

गृहजिल्ला पुगी कोइरालाद्वारा सभापतिको उम्मेदवारी घोषणा

२०७८ भाद्र २६, शनिबार प्रकाशित ( साल अघि) १४७२ पाठक संख्या

नवलपुर । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । महामन्त्री कोइरालाले गृहजिल्ला नवलपुर पुगेर आसन्न १४औं महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

नेपाली कांग्रेस देवचुली नगर कार्यसमितिले निर्माण गरेको बीपी स्मृति भवन उद्घाटन गरेपछि कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने, ‘साथीहरुले महाधिवेशनमा उम्मेदवारी के हुन्छ भनेर सोध्नुभयो । गिरिजाप्रसादले महत्त्वपूर्ण निर्णय गृहजिल्लाबाट गर्नुहुन्थ्यो । नवलपुर मेरो गृहजिल्ला हो । म पनि गृहजिल्लाबाट घोषणा गर्छु कि म सभापतिको उम्मेदवार हुन्छु ।’

डा. कोइरालाले आफूलाई सहयोग गर्न नेता कार्यकर्तासँग आग्रह पनि गरेका छन् । ‘निर्वाचनमा जित्न तपाईंहरुको साथ र सहयोग चाहिन्छ, उनले भने, ‘त्यो साथ पाउँछु भन्ने विश्वास छ । आगामी निर्वाचनमा कांग्रेसले बहुमतको सरकार बनाउने छ ।’

कांग्रेसलाई पराजित गर्न नेपालमा अर्को शक्ति नभएको भन्दै उनले आफूभित्रै हुने अन्र्तघात रोक्न आग्रह गरे । ‘कांग्रेसलाई कसैले हराउन सक्दैन । कांग्रेसलाई हराउने कांग्रेसभित्रकै मान्छेहरु हुन् । त्यो आउँदो चुनावमा हुने छैन,’ उनले भनेका छन् ।

हाधिवेशनपछि कांग्रेसमा कुनै गुट–उपगुट नरहने भन्दै उनले त्यसपछिको चुनावमा एकजुट भएर पार्टीलाई बहुमत दिलाउने दाबी गरे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस