२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

गाउँपालिका अध्यक्षको कार्यप्रति नेता देखी कार्यकर्तासम्म रुष्ट

२०७९ फागुन ३०, मंगलबार प्रकाशित ( साल अघि) ४५२ पाठक संख्या

वीरगन्ज । गाउँपालिका अध्यक्षको कार्यप्रति नेता देखि कार्यकर्ताहरु सम्म रुष्ट भएका छन । पर्सा जिल्लाको पकाहा मैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश मेहताले पालिकामा भाँडभैलो गरेको भन्दै आफ्नै कार्यकर्ता रुष्ट भएको बताईएको छ । दुई वडा सदस्य बाहेक पुरै कांग्रेसले जितेको पकाहा मैनपुर गाउँपालिकालाई अध्यक्ष मेहताले विकास गर्नुको साटो चरन क्षेत्रको रुपमा प्रयोग गर्न खोजें पछि पार्टीका जनप्रतिनिधिसँग सुरु भएको विवाद अहिले चर्चाको विषय बनेको छ ।

जनप्रतिनिधिहरूका अनुसार गाउँपालिका अध्यक्ष मेहताले कमिसन आउने योजना बजेट संशोधन मार्फत राख्न खोजेको साथै बिचौलियाको भूमिका गर्नलाई विभिन्न बहानामा केही व्यक्तिलाई नियुक्ति गर्न खोजे भन्दै विवाद बढेको बताइएको छ । यसैगरी गाउँपालिकाको योजनाको कमिसन उठाउने भन्दै एक विचौलियालाई सल्लाहकारको रुपमा नियुक्ति गरी परिचालन गर्न मेहता कसिएका हुन ।

पकाहाँ मैनपुर गाउँपालिका वार्ड १ का अध्यक्ष विनोद मेहताले सामाजिक सञ्जाल मार्फत “पकहाँ मैनपूर गापा। प्रमुख सुरेश मेहता गलत मनसायले विरगञ्जको गोप्य ठाउँमा लुकिछिपी विशेष गाउँ सभा गर्दै” लेखेर विरोध गरेकाछन् ।  एउटै पार्टीको भएपनि गलतलाई गलत भन्नु पर्ने विनोद मेहता बताउँछन । दुवै जना कांग्रेस कै जनप्रतिनिधि हुन । गलत क्रियाकलापका कारण गाउँपालिका अध्यक्ष एकातिर छ्न भने पाँच वटै वडाका वडा अध्यक्ष पार्टीको नीति निर्देशन अनुसार जनताको सेवामा कुनै कसर बाँकी नराख्ने अडानमा छ्न ।

२०७४ सालमा माओवादीबाट चुनाव लडेका गाउँपालिका अध्यक्ष मेहता यस पटक नेपाली कांग्रेसको संगठन बलियो देखेर चुनावको मुखमा कांग्रेस प्रवेश गरी निर्वाचित हुन सफल भएका थिए । माओवादीका एक स्थानीय नेताको कारण पार्टीमा बस्ने अवस्थामा नरहेका सुरेश मेहतालाई कांग्रेसका जिल्ला स्थित नेतृत्वले शरण दिएको थियो तर उनी अहिले नेताहरूको निर्देशन र सुझाव मान्न तयार छैनन् । कांग्रेसका जिल्ला देखी प्रदेश सम्मको नेतृत्व गाउँपालिका अध्यक्ष मेहताको गलत क्रियाकलापका कारण रुष्ट छ ।

त्यसैगरी सोहि स्थानका नेता नर्शुलाहा मियाँले विरोधको अभिनय गरेर कांग्रेसका नेताहरूलाई रिझाउन कसरत गरिरहेको स्रोत बताउँछ । सदभावना पार्टीको पञ्जा छापबाट सबैठवा गाविसका अध्यक्ष हुन सफल भएका नर्शुलाहा मियाँ त्यस पछि मुलुकमा भएको हरेक निर्वाचनमा उम्मेदवार हुनबाट बाँकी राखेका छैनन् ।

गाउँपालिका अध्यक्ष , सांसद र विधायकमा पनि उम्मेदवारी दिन भ्याइ सकेका नर्शुलहा मियाँ यस पटक कांग्रेसको शरणमा पुग्न बाध्य भए । तत्कालीन पर्सा एसपी रेवती ढकाललाई तस्करीको लाइन बापत पैसा दिन एका बिहान जिल्ला प्रहरी पुगेका नर्शुलाहा मियाँलाई एसपी ढकालले थप्पड र मुक्का प्रहार गर्दै गिरफ्तार गरी मुदा चलाएका थिए । त्यस पछि संरक्षणको लागि उनी कांग्रेस प्रवेश गरेको जानकारहरु बताउछन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस