२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

गरिबी सहकारीको १५औं साधारण सभा सम्पन्न

२०७८ पौष २९, बिहिबार प्रकाशित ( साल अघि) १३०० पाठक संख्या

कोल्हुवा । गरिबी निवारण चन्द्रज्योती बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधाराण संभा विहिबार सम्पन्न भएको छ।

मध्यविन्दु – २ चनौली स्थित राईनो रङ्गशालामा सम्पन्न कार्यक्रममा मध्यबिन्दु नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विष्णु प्रसाद शर्माको प्रमुख अतिथिका रुपमा उपस्थीत रहनु भएको थियो ।

उहाँले पानसमा दिपप्रजन्न् र ब्यानर पढेर कार्यक्रमको उत्घाट्न गर्नु भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी शर्माले पछिल्लो समय सहकारी संस्था धेरै भएको बताउदै , यि सहकारी संस्थाहरुलाई एकिकृत गराई व्यवस्थीत ढंगबाट सञ्चालन गर्न आजको आवस्यकता रहेको कुरामा जोड दिनुभयो । त्यस्तै उहाँले भएका सहकारीलाई व्यवस्थीत नगरे सहकारी संस्था धराशायीमा पर्ने बताउनुभयो ।

Received_662809801574361

संस्थाका अध्यक्ष मिन बहादुर थापाले सहकारी संस्थाबाट समाजमा भएको परिवर्तनको मुल्याङकन गदै सहकारी परिमाजन गर्न सदस्य विस्तार तथा सहकारी एकिकरण तर्फ लागेको बताउनुभयो ।

त्यस्तै कोल्हुवा खानेपानी सरसफाई उपभोताका अध्यक्ष श्रीधर शर्माले सहकारीले बचत मात्र नभई उत्पादनशिल क्षेत्रमा लगानी गर्न आवश्क रहेको बताउनुभयो । संस्थाको उपाध्याक्ष अम्बिका सिग्देलले कार्य्रममा स्वागत मन्तव्य राख्नु भएको थियो ।

संस्थाको लेखा प्रतिवेदन लेखा तथा सुवरिवेक्षण समिति संयोजक शिवराज घिमिरेरे प्रस्तुत गर्नुभएको हो भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रभा गिरिले प्रस्तुत गर्नुभएको थियो । संस्थाको वार्षिक प्रगति प्रतिवेदन र कार्यक्रमको सहजिकरण संस्थाका सचिप कमल प्रसाद पाठकले गर्नु भएको हो । संस्थाका अध्यक्ष मिन बहादुर थापाको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो । कार्यक्रमा विभिन्न संघसंस्थाका पदाधिकारी, शेयर सदस्य समाजसेवि  लगायतको उपस्थिती रहेकोथियो ।

Received_479594610256475

कार्यक्रममा जेष्ठ नागरिक, उत्कृष्ठ बाल बचतकर्ता , संस्थाका असल ऋणी लगाएतलाई सम्मन गरिएको थियो ।  ३१ जना सदस्य ३१ सय सियर पुंजीबाट सुरु गरेको सहकारीमा हाल ११ सय ४१ सियर सदस्य पुगेका छन् जसमा ७ सय ५५ महिला र ३ सय ८४ पृरुष रहेका छन् ।  जसमा पुँजी ६ करोड ४२ लाख ४८ हजार  ६२ रुपौया रहेको छ ।

Received_468006874707185

Received_448586270083499

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस