२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रमः कोरोना नियन्त्रण,पर्यटन,कृषि र स्वास्थ्यमा प्राथमिकता

२०७८ जेष्ठ ३१, सोमबार प्रकाशित ( साल अघि) १८३० पाठक संख्या

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली नेतृत्वको सरकारले नीति तथा कार्यक्रम आजै प्रस्तुत गरेको हो ।

गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज प्रदेश सभा सञ्चालन भइरहेको पोखरा सभागृहमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

प्रदेश प्रमुख पौडेलले प्रदेश सरकारले तयार पारेको नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गर्दै कोभिड नियन्त्रण, विभिन्न पूर्वाधार निर्माण, प्रदेशका विभिन्न जिल्लास्थित रहेका अस्पतालहरूको विशिष्टिकरण, विश्वविद्यालय निर्माण लगायतका कार्यक्रम रहेको बताइन् ।

त्यस्तै उनले कृषकले उत्पादन गरेका कृषिजन्य उत्पादनका लागि आवस्यक सहयोग गर्ने बताइन् । उनले स्थानिय तहसँगको समन्वयमा प्रत्येक वडामा आवस्यक प्राविधि खटाउने,मत्स्यपालन प्रोत्साहन, गरिवको पहिचान गर्ने र जीवनस्तर उकास्नका लागि सहयोग गर्ने, गरिवी न्यूनिकरण गर्ने लगायत रहेको बताइन् ।

प्रदेश प्रमुख पौडेलले बेरोजगार लाइ रोजगार दिलाउन साना तथा मझौला उद्योग संचालन गर्न प्राथमिकता दिने,स्थानिय स्तरबाट उत्पादन हुने कच्चा पदार्थ र उत्पादनलाइ प्रोसाहन गर्ने, उद्योग खोल्न सहजीकारण गर्ने, स्वरोजगारका लागि सहुलियतपूर्ण ऋणको ब्यवस्था गर्ने लगायत कार्य गर्ने बताइन् ।

त्यस्तैगरि उनले काेभिड १९ लाई प्राथमिकता दिनुको साथै काेभिडका कारण सिर्जित समस्या समाधानमा पहल गर्ने, प्रदेशका सबै नागरिकलाई काेराेना विरूद्वकाे खाेप लगाउने, काेराेना संक्रमितकाे उपचार प्रभावकारी बनाउने, काेभिडका कारणा बाबुआमा गुमाएका बालबालिका र काेभिडबाट आफन्त गुमाएका परिवारलाई नगद राहतकाे व्यवस्था गर्ने बताइन् ।

यसैगरी, काेभिडका कारण पर्यटन र कृषिमा परेकाे समस्या सम्बाेधन गरिने, सरूवा राेग अस्पताल प्रभावकारी बनाउने र ५० शय्याका सबै अस्पतालमा आँखा उपचारकाे व्यवस्था गरिने ।

महिलाकाे स्तन, पाठेघर र आङ खस्ने समस्याको पहिचान गरि नि:शुल्क उपचारकाे व्यवस्था गरिनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस