२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

गण्डकी प्रदेश सभाका कांग्रेस सांसदले दसैं भत्ता फिर्ता गर्ने

२०७७ कार्तिक ४, मंगलबार प्रकाशित ( साल अघि) ९५४ पाठक संख्या

काठमाडौं,कार्तिक ४ ।

गण्डकी प्रदेशसभाका कांग्रेसका १५ जना सांसदले चाडपर्वबापत प्राप्त गरेको भत्ता फिर्ता गर्ने भएका छन् । मंगलबार बसेको संसदीय दलको बैठकले चाडपर्व खर्च नलिने निर्णय गरेको हो ।

 

प्रमुख प्रतीपक्ष दल कांग्रेस संसदीय दलका प्रमुख सचेतक मणिभद्र शर्माले भत्ता रकम आ-आफ्नो खातामा आएको बताउँदै रकम सरकारलाई नै फिर्ता गर्ने गरी दलको बैठकले निर्णय गरेको जानकारी दिए । गण्डकी ६० सांसदमध्ये समानुपातिक र प्रत्यक्ष गरी १५ जना सांसद कांग्रेस छन् । प्रदेशसभा सचिवालयले भने सबै सांसदको दसैं भत्ता खातामा जम्मा गरिसकेको जनाएको छ ।  प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले पाउने ५८ हजार, प्रमुख सचेतक तथा संसदीय समिति सभापतिको हैसियतले २ जनाले पाउने ५६ हजार ८ सय ४०, सचेतकले पाउने ५४ हजार २ सय र बाँकी ११ जना सांसदले पाउने ५२ हजार रुपैयाँसहित कुल ८ लाख ८० रुपैयाँ चाडपर्व खर्च फिर्ता गर्ने निर्णय बैठकले गरेको उनले जनाए ।

 

प्रदेशसभा सदस्यको सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनअनुसार एक महिनाको पारिश्रमिक बराबरको चाडपर्व खर्च पाउने व्यवस्था छ । तर, कोरोना महामारीमा पनि सांसदले दसैं भत्ता लिएको भन्दै चौतर्फी आलोचना हुन थालेपछि संघदेखि प्रदेश सरकारका मन्त्रीले पनि भत्ता फिर्ताको निर्णय लिइरहेका छन् । तर, सबै प्रदेश सांसद र मन्त्रीले भने फिर्ता गरेका छैनन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस