२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

गण्डकी प्रदेशसभा सदस्यका छोरा गौतमको मृत्यु

२०७५ मंसिर १९, बुधबार प्रकाशित ( साल अघि) १०१७ पाठक संख्या
मङ्सिर, १९, कावासोती । नवलपुरको प्रगतीनगरमा स्कुटीमा सवार एक जनाको मृत्यु भएको छ । पुर्व–पश्चिम राजमार्ग अन्तर्गत देवचुली नगरपालिका १५ मा मंगलवार राती ११ बजे ना ३२ प ८३९० नंबरको स्कुटीमा सवार कावासोती नगरपालिका ८ का नविन राज गौतमको ज्यान गएको हो । गौतमको उपचारका क्रममा चितवनको भरतपुर अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । गौतम सवार स्कुटीमा कुनै क्षती नभएकाले अन्य कुनै सवारीले ठक्कर दिएको हो वा आफै अनियन्त्रित भएर दुर्घटना भएको भन्ने कारण नखुलेकाले थप अनुसन्धान भैरहेको नवलपुर प्रहरीले बताएको छ। मृतक गौतम गण्डकी प्रदेश साँसद ओमकला गौतमका छोरा हुन् ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस