२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

गण्डकी प्रदेशका प्रहरी प्रमुख अर्याललाई कोरोना संक्रमण

२०७७ भाद्र २१, आईतबार प्रकाशित ( साल अघि) ९५२ पाठक संख्या

आईतबार, २१ भदौं । गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) घनश्याम अर्याललाई कोरोना संक्रमण भएको छ ।

कन्ट्याक ट्रेसिङका आधारमा उनको स्वाब परीक्षण गर्दा आइतबार बिहान रिपोर्ट पोजिटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

यसअघि नेपाल प्रहरीको सशस्त्र गणमा कार्यरत प्रहरीमा कोरोना पुष्टि भएको थियो । त्यसकै आधारमा डीआइजी अर्यालको कन्ट्याक ट्रेसिङ गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस