२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

गण्डकी प्रदेशका केही ठाउँमा पानी पर्ने, मेघ गर्जन र चट्याङको सम्भवाना

२०७७ चैत्र ११, बुधबार प्रकाशित ( साल अघि) ३४२६ पाठक संख्या

जल तथा मौसम विज्ञान विभागले आगामी ३ दिनको मौसम पूर्वानुमानको बुलेटिन जारी गर्ने गरेको छ ।

त्यसमा ‘नेपालमा फलानो/फलानो प्रदेशको उच्च पहाडी क्षेत्रमा मौसम यस्तो हुनेछ र हिमाली क्षेत्रमा यस्तो हुनेछ’ भन्ने उल्लेख हुन्छ ।

विभागको बुधवारको बुलेटिन हेर्ने हो भने ‘आगामी २४ घण्टामा देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका १/२ स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ’ भनी सूचना जारी भएको छ ।

विभागका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस