२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

गण्डकी ने.का.संसदिय दलद्वारा बिपतमा परेका नागरिकलाई उद्दार गर्न आग्रह

२०७८ अषाढ २, बुधबार प्रकाशित ( साल अघि) १६६२ पाठक संख्या

पोखरा । नेपाली काङ्ग्रेस गण्डकी प्रदेश संसदिय दलले बिपतमा परेका नागरिकको युद्द स्तरमा उद्दार गर्न गण्डकी प्रदेश सरकारलाई अनुरोध गरेको छ ।

बुधबार संसदिय दलको कार्यालयमा बसेको बैठकले अबिरल बर्षाका कारण आईपरेको बिपतको चपेटामा परेका नागरिकको तत्काल समस्या समाधानका लागि प्रदेश सरकारलाई अनुरोध गरिएको गण्डकी प्रदेश संसदिय दलकी सचेतक ओमकला गौतमले बताईन ।

गौतमका अनुसार बैठकले पहिरो, कटान र डुबान जस्ता प्राकृतिक प्रकोपले नागरिक माथी ठूलो चोट पुगेकाले गण्डकी प्रदेश सरकारलाई विपद पूर्व र विपद पश्चातको तयारीमा युद्ध स्तरमा जुट्न ध्यानाकर्षण गराएको जानकारी दिईन ।

बर्षा कम हुनासाथ राहत लिएर पुग्छौ : मुख्यमन्त्री नेपाली

मुख्यमन्त्री कृष्ण चन्द्र नेपालीले बिपत ब्यवस्थापनका लागि प्रदेशका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र बिपत ब्यवस्थापन समितिलाई निर्देशन दिएको जानकारी दिए ।

मुख्यमन्त्री नेपालीले सबै नागरिकलाई सचेत रहन आग्रह गर्दै प्राकृतिक बिपत्तिमा परेका नागरिकको दु:खमा प्रदेश सरकार साथमै रहने बताए ।

उनले बर्षा कम हुनासाथ धेरै प्राकृतिक प्रकोपमा परेका मनाङ लगाएतका जिल्लाहरुमा राहत बितरण गरिने जानकारी दिए।

यसबारेमा थप निर्णय मन्त्रीमण्डलको बैठक पछि सार्बजनिक गरिने उनको भनाई छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस